Aamsanchar

२२ बर्षिया युवतीको कोठाबाट ९ किलो भन्दा धेरै लागुऔषध चरेश बरामत

Author Image
बिहिवार, भदौ ४, २०७७

झापा । बाग्मती प्रदेश चन्दागिरी नगरपालिका वडा नं. ८ स्थित एक घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले ९ किलो भन्दा धेरै लागुऔषध चरेश बरामत गरेको छ ।

महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलिले बुधबार धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नं. ८ घर बताउने वर्ष २२ की पवित्रा थिङको कोठाबाट उक्त परिणामको लागु औषध बरामत गरेको नेपाल प्रहरीको आधिकारिक सामाजिक संजाल  उल्लेख गरिएको छ ।

थिङको कोठा भित्र खाट मुनि जेब्रा झोलमा लुकाई छिपाई राखेको अवस्थामा ९ किलो ३५० ग्राम लागु औषध चरेश वरामद गरीएको हो । हाल पक्राउमा परेकी पवित्रा थिङको श्रीमान सुनिल भन्ने फुल बहादुर तामाङ हाल फरार रहेको जनाइएको छ । । बरामद लागुऔषधको अवैध बजार मुल्य अनुमानित रू २ लाख ३४ हजार रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर