Aamsanchar

कोरोना भाइरसबारे उच्च सतर्कता अपनाउँदै रसुवागढी र तातोपानी नाका खोल्न चीनको अनुमति

Author Image
बुधवार, असोज १४, २०७७

काठमाडौं –चीनले रसुवागढी र तातोपानी नाका खुलाउन नेपाललाई अनुमति दिएको छ। मंगलबार नेपाल(चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल बैठकमा चीनले उच्च सावधानी अपनाएर दुवै नाका सञ्चालन अनुमति दिएको हो। कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै दुवै नाका चीनले बन्द गरिदिएको थियो। अब कोरोना भाइरसबारे उच्च सतर्कता अपनाउँदै नाकाबाट सामान आयात निर्यात गर्न पाइने छ।

दुवै देशको व्यापार कार्यदलको बैठकमा चीनले यस्तो सहमति जनाएको होु, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले भनिन्, ुदुवै नाका खुलेपछि अब चीनबाट सीमा भन्सारमा आएर रोकिएका सामान आयातको बाटो पनि खुलेको छ। तर उच्च सतर्कता अपनाउनुपर्ने भएको छ। बैठकमा चीनले दुवै देश मिलेर व्यापार लर संयुक्त लगानीका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। दुवै मुलुकले आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति पनि गरेका छन्।

बैठकमा नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। भर्चुअल बैठकमा दुवै पक्षले उठाएका विषवस्तु सहज रुपमा कार्यान्वयन गर्न कुटनीतिक माध्यमबाट कुरा आदानप्रदान गर्ने निर्णय पनि भएको छ। त्यस्तै नेपाल(चीन पारवहन, ढुवानी सम्झौताको कार्यान्वयनसहित विभिन्‍न विषयमा छलफल भएको केसीले बताइन्। मंगलबारको बैठकमा पावहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयनका विषयमा पनि छलफल भएको छ।

बैठकले नेपाल(चीन सीमा नजिक सीमा वारपार आर्थिक क्षेत्र स्थापना गर्नेबारे पनि कुरा भएको छ। केसीले बैठकमा व्यापार पूर्वाधार विकासमा सहयोगबारे पनि छलफल भएको बताइन् । उनले मुस्ताङको कोरला नाकामा एकीकृत सीमा जाँच स्टेसन निर्माणका लागि चिनियाँ पक्षलाई अनुरोध गरिएको बताइन्। चिनियाँ पक्षले त्यसलाई सकारात्मकरुपमा लिएको उनले बताइन्। ओलाङ्चुङगोला र किमाथांका नाकामा व्यापार पूर्वाधारका लागि संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्न पनि दुई देश सहमत भएका छन्।

नेपाल(चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेस्रो अन्तराष्ट्रिय आयात प्रर्दशनीमा मेलामा सहभागी हुने भएको पनि केसीले बताइन्। यो बैठकमा नेपालको तर्फबाट उद्योग मन्त्रालयका सहसचिव एवम् नेपाल(चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए। चीनको तर्फबाट बैठकको नेतृत्व त्यहाँको वाणिज्य मन्त्रालयअन्तर्गत एसिया मामिला विभागका महानिर्देशक पेङ् गाङ्ले गरेका थिए ।

बैठकमा महत्वपूर्ण निर्णय १। रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन(सुख्खा बन्दरगाह निर्माण २। १८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने ३। नेपालमा वनस्पति र पशुजन्य वस्तुहरुको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने ४। नेपालबाट चीन निकासी गरिने खाद्यवस्तुहरुमा लेवलिङसम्बन्धी ५। नेपालमा चिनियाँ लगानी र व्यापारको लागि वातावरण विकास ६। स्याफ्रुबेंसी(रसुवा सडक मर्मत सम्भार र स्तरोन्‍नति

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर