Aamsanchar

दसैंका लागि बसको टिकट आजदेखि खुला

Author Image
शुक्रवार, असोज ७, २०७३

काठमाडौं ।

jpg

दसैँमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजबाट बसको टिकट वुकिङ खुल्ला भएको छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु हुन लागेको हो । पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने छ ।

टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगामा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, र लगनखेलमा  यात्रु सहायता कक्ष हुनेछ ।

बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाले जनाएको छ । कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् ।

एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर