Aamsanchar

बिर्तामोडमा ‘वेवी सप’

Author Image
शुक्रवार, असोज ७, २०७३

2बिर्तामोड ।

झापाको बिर्तामोडमा ५० लाख रुपैयाँको लागतमा बेबी सपको उद्घाटन भएको छ ।
बालबालिकाहरुको सम्पूर्ण सामग्री एकैठाउँमा उपलब्ध गराउने हिसाबले उक्त सपको थालनी गरिएको सञ्चालक खेम गौतमले जानकारी दिए । चार वर्षसम्म विदेशमा जाँदा समय श्रमको महत्व बुझेकाले स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले उक्त सपको थालनी गरिएको बताए ।
चार वर्षअघि दुबई गएपछि आफूले श्रमको र समयको महत्व बुझेपछि स्वदेशमा नै उक्त श्रम र समय खर्च गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने बुझेर व्यापार व्यवसायमा लागेको बताए । बिर्तामोडमा बालबालिकाह1रुको सामग्रीहरु एकैथलोमा पाइने पसल सञ्चालनमा नरहेकाले त्यसैलाई मध्यनजर गरी आफैले उक्त बेबीसप सञ्चालनमा ल्याएको बताए ।
जन्मेदेखि बाह्रवर्षसम्मका बालबालिकाहरुको सम्पूर्ण सामग्री बेबी सपमा पाइने सञ्चालक गौतमले बताए । उक्त बेबी सपको शुक्रबार एक कार्यक्रमकाबीच सांसद मनकुमार गौतमले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर