
चारपाने । झापाको बिर्तामोड वडा नं. ५ स्थित परोपकार समाजले वृहत टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय हुदै दक्षिण तर्फ कञ्चनजंगा एफएम सम्मको क्षेत्रको करिव एक किलो मिटर सडक क्षेत्र सफाई गरिएको स्थानिय मेघराज बास्तोलाले जानकारी दिए ।
विगतका बर्षहरुदेखिनै टोल सफाईमा जुट्दै आएको समाजले कोरोना प्रकोप सुरुभए यता सार्वजनिक स्थलमा सफाई गर्नेकाम रोकेको थियो । लामो समय सम्म सफाई हुन नसक्दा सडक क्षेत्र फोहोर र झारजंगलले छोपेर कुरुप देखिएकाले कोरोना कहर भएपनि नजिकीदै गरेको दशैलाई लक्षित गरेर सरसफाई गरिएको समाजकी अध्यक्ष पार्वता बस्नेतले बताईन् ।

शनिरबार भएको सफाई कार्यक्रममा स्थानिय सामाजिक अगुवाहरु, इलाका प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजाल लगायतको टोली सफाई कार्यमा जुटेका थिए ।
परोपकार समाजमा पाँचसय भन्दा धेरै सदस्यहरु आवद्ध रहेका छन।



