काठमाडौं,
यसवर्ष मनसुन अझै एकहप्ता रहने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलका अनुसार मनसुन यही दिन सकिन्छ भनेर अहिल्यै भन्न नसकिएपनि एकहप्तासम्म रहने सम्भावना छ ।
सामान्यतया सेप्टेम्बर २३ अर्थात शुक्रबार नै मनसुन सकिनुपर्ने हो । तर केही वर्षदेखि मनसुनको अवधि लम्बिन थालेको छ । गएको असार १ गते पूर्वबाट सुरु भएको मनसुन पश्चिमबाट कमजोर बन्दै गएको मौसमविदको भनाई छ ।
आइतबार पनि पूर्व र मध्य भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबारदेखि मौसममा धेरै सुधार हुने मौसमविदले अनुमान गरेका छन् ।
मौसमविदका अनुसार भारतको आन्द्र प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खराबी आएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 138