Aamsanchar

यौनजन्य फिल्म अपलोड गर्दै कमाउ धन्दा

Author Image
आइतवार, असोज ९, २०७३
newsabhiyan

काठमाडौं ।

पछिल्लो समय यूट्यूव च्यानल मार्फत यौन  विकृति उत्पातै मच्चिएको छ ।

विभिन्न नाममा खुलेका एकाउन्टहरुले अपलोड गर्ने गरेको सर्ट मूभि एबं ब्लगस्पोट साइटहरुमा अस्लिलता पस्किने गरेको जो कोहीलाई पनि अवगतै छ । हो यस्ता एकाउण्टहरुले यूट्यूबमार्फत दर्शक बढाउन यस्ता कृयाकपालका भिडियोहरु अपलोड गर्दै सामाजिक संस्कार र मुल्य मान्यतामाथि नै प्रश्न चिन्ह खडा गरि दिएका छन् ।

समाजमा यौनजन्य हिंसाको बढोत्तरी हुनुमा पनि यूट्यूब च्यालनहरुमा प्रशारण भैरहेका कामोत्तेजक अस्लिल दृष्यहरुले पनि बलात्कारजन्य घट्नामा बृद्धि भैरहेको तर्क समाजसास्त्रीहरुले गर्दै आएका छन् । यसलाई नियन्त्रण त के न्यूनिकरण गर्नेसम्मको प्रयास सरकार र सम्बन्धित निकायबाट नभएको बताउँछन् समाजसास्त्रीहरु । यसरी समाजमा यौनजन्य हिंसाको बढोत्तरी भैरहँदा समेत मूकदर्शक छन् महिला हकहितमा काम गर्ने महिला अधिकारकर्मीहरु र सम्बन्धित संस्थाहरु समेत ।

सर्ट मूभिका नाममा यौनजन्य कृयाकलापका अस्लिल भिडियोहरु यूट्यूब च्यानलहरुमा अपलोड गर्दै दर्शकहरु बृद्धि गराउनन तल्लिन केही गिरोहहरुले आफ्नो यूट्यूब एकाउण्टबाट मासिक लाखौं रुपैयाँ कमाउने धन्दा खुलेआम गर्दै आएका छन् ।

यसरी कमाउधन्दामा तल्लिन गिरोहहरुको एकाउण्टहरुमा कुलन टिभी, इजोई नेपाल, सर्ट मूभि नेपाल, डिसी नेपाल, मज्जाको टिभी, एनके टिभी, ईनेपाल, एनपी लाइट टिभी, माग्ने बुढो डटकम, टिभी नेपाली, संग्स नेपाल, कुलन संसार, क्याडना नेपाल, सुपर कुल टिभी, स्टार टिभी, ग्लोबल मेन, आरएम टिभी, एमएस फिल्म, कुलन टिभी न्यू, बुढासुब्बा डिजीटल, हाहा टिभी, आमा अग्नी कुमारी मिडियालगायतका सयौं यूट्यूब नेपाली एकाउण्टहरुले छाडा तथा अस्लिल भिडियोहरु अपलोड एवं प्रशारण गरिरहेका छन् ।

कमाउधन्दामा लागेका यस्ता गिरोहहरुले अस्लिल एवं भद्दा भिडियोमात्र अपलोड गरेका छैनन् विभिन्न अस्लिल नामहरु दिएर अपलोड गर्दै दर्शक बढाउने र पैसा कमाउने सवालमा खप्पिस छन् ।

नेपालबाट संचालनमा रहेको सवैभन्दा बढी दर्शक बटुलेको एकाउण्ट हो कुलन टिभी । कुलन टिभीले अस्लिल शिर्षक राखेरे अपलोड गरेको ‘फरिया खुस्केपछि’को नामक एक भिडियोको दर्शकको संख्या मात्र तिन करोड नब्बे लाख नाघि सकेको छ । न्यूज अभियान

 

यौनजन्य फिल्म अपलोड गर्दै कमाउधन्दामा लागेका यस्ता च्यानलहरु मध्ये सबैभन्दा बढी दर्शक जुन भिडियोको हुन्छ त्यसैले बढी पैसा कमाउने यूट्यूब च्यानलको नियम हो, यही नियमलाई हेर्ने हो भने ‘फरिया खुस्केपछि’ नामक भिडियोले लाखौं कमाएको यसबाट पनि प्रष्ट छ ।

एनपी मिडियाले संचालन गरेको कुलन टिभीको सबैभन्दा बढी दर्शक भएसंगै उस्को आम्दानी पनि मासिक लाखौं रुपैयाँ रहेको बुझिन्छ ।

तर यहाँ एक प्रश्न उब्जिएको छ के कुलन टिभीले उक्त टिभी संचालन गरेवापत राज्यलाई आय कर बुझाएको छ रु हो यसैगरि अन्य एकाउण्टहरुले पनि मासिक लाखौं रुपैयाँ कमाएको भएतापनि नेपाल सरकारको आन्तरिक राजश्व कार्यालयका कुनैपनि शाखामा यूट्यूब एकाउण्ट संचालन गरेवापतको आम्दानी कुनैपनि एकाउण्ट होण्डरहरुले नबुझाएको राजश्व विभागका एक उच्च अधिकारी बताए ।

नेपालमा सर्ट मूभिको नाममा अस्लिल एवं यौनजन्य गतिविधीका भिडियोहरु अपलोड गर्ने अधिकांश यूट्यूब एकाउण्ट होल्डरहरुले कुनैपनि निकायबाट स्वीकृत नलिई उत्पादन गर्दै आएको फेला परेको छ तिब्र खबरले जनाएको छ ।

यसै विषयमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलाई जिज्ञासा राख्दा उनले भने अहिले प्रविधि डिजीटल तर्पm मोडिएको छ ।

तर हाम्रो निति पूरानै भएको कारण यस्ता गतिविधीले प्रश्रय पाएको हो, हामी यसलाई नियमन र नियन्त्रणका लागि निर्देशिका स्वीकृत गराउने तयारीमा छौं, निर्देशिका स्वीकृत हुने वित्तिकै यस्ता गिरोह र संस्थाहरुलाई कारवाहीको दायरामा अवश्य ल्याउने छौं ।

सर्ट मूमिका नाममा मौलाएका धन्दाहरुको थप खोजी जारी  छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर