Aamsanchar

त्रिशूली नदीमा पूर्व गृहमन्त्री घिमिरेसहित तीनजना बेपत्ता, तीन जनाको मृत्यु

Author Image
आइतवार, असोज ९, २०७३

[सातजना सवार गाडी त्रिशूली नदीमा खस्दा]

Madhav-ghimire
चितवन ।

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले रहेका छन् ।

उहाँका अनुसार घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नंको स्करपियो गाडी दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदैछ भने घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रजिअ सिंहले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१