संखुवासभा – भोजपुर र संखुवासभाका सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ। खाँदबारीमा रहेको वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २० थान कम्प्युटर सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेको हो।
सदरमुकाम खाँदबारीमा भएको कार्यक्रममा सामुदायिक विद्यालयहरुका प्रधानाध्यपकलाई बाणिज्य बैंकले कम्प्युटर हस्तान्तरण गरेको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले जानकारी दिए। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुर्गमभेगका साधन र श्रोत कमभएका विद्यालयहरुले पेश गरेको प्रस्तावनाका आधारमा छनौट गरी कम्प्युटर उपलब्ध गराएको प्रवन्धक रायमाझीले बताए।
कम्प्युटर वितरण गर्दे जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको भने कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधि मैत्री बनाउन सहयोग पुग्ने बताए। यस कार्यक्रमले साधन र श्रोत कम भएका विद्यालयलाई गरेको सहयोग महत्वपुर्ण भएको प्रमुख शाक्यले बताए। भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १ माध्यमिक विद्यालय र ४ आधारभुत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो।
त्यसैगरी खाँदबारी नगरपालिका – ६ को एक विद्यालयलाई समेत कम्प्युटर प्राप्त गरेको छ। एक विद्यालयले कम्तीमा २ र बढीमा ४ वटा कम्प्युटर पाएका छन्। कोरोना संक्रमणको कारण गत आर्थिक वर्षमा वितरण गर्नुपर्ने कम्प्युटर यस आर्थिक वर्षमा वितरण गरिएको शाखाले जनाएको छ।