Aamsanchar

५ महिनापछि उत्खनन‍् गरी कोरोनाले मृत्यु भएकाको शव दाहसंस्कार

Author Image
मङ्गलवार, कार्तिक १८, २०७७

सन्धिखर्क –अर्घाखाँचीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको एकजनाको शव गाडेको ५ महिनापछि उत्खनन् गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि उनमा कोरोना संक्रमण देखिएको थियो।

उनको शव करीब ५ महिनापछि उत्खनन् गरेर अन्तिम दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि शव व्यवस्थापनबारे विवाद हुँदा शव दुई दिनसम्म खुल्ला चौरमा राखिएको थियो। त्यतिबेला परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शव उत्खनन् गरेर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको खनालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)