Aamsanchar

दमकमा आज देखि बेलुका ४ बजेदेखि बिहान ७ बजे सम्म निसेधाज्ञा

Author Image
बुधवार, कार्तिक १९, २०७७

झापा- झापाको दमकमा आज(बुधबार)देखि रात्रिकालिन निसेधाज्ञा हुने भएको छ । नगरपालिकामा नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समन्वय समितिको हिजो बसेको बैठकले आजदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहान ७ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।


नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले पूर्ण रुपमा लकडाउन गर्नुपर्ने आवाज उठेपनि हाइवेसंग जोडिएको नगरपालिका भएको तथा अन्य विविध कुराहरुलाई मध्यनजर राखेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि आशिंक समय तर पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने किसिमको निर्णय गरिएको बताइन ।

बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न सो अवधि भित्र पूर्ण रुपमा बजार पसल तथा हिंडडुलमा रोक लगाइएको प्रवक्ता अधिकारीको भनाई छ । बैठकले वडा वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरेर कोरोना संक्रमितहरुको अवस्थाबारे बुझने र आवश्यक स्वास्थ्य उपचारको बन्दोबस्ती गर्ने, बेलडागीमा निर्माणाधिन कोभिड अस्पताल आउने आइतबार सम्ममा सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ ।


नगरपालिकाले त्यहा ३० बेडको कोभिड अस्पताल निर्माण गरिरहेको छ । सो अस्पतालमा अक्सिजनसहितको उपचार सेवा सूचारु गरिने उपप्रमुख अधिकारीले बताइन । यस अघि दमकमा उद्योगी व्यवसायीहरुले निषेधाज्ञासहितको बन्दाबन्दी गर्नुपर्ने सुझाव राखेका थिए ।
दमक उद्योग वाणिज्य संघले निजी क्षेत्रसंगको सहकार्यमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनको समेत प्रस्ताव गरेको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । हालसम्म कोभिडका कारण दमकमा १९ जनाको मृत्यु भईसकेको छ भने १४८ जना सक्रिय संक्रमित छन् २९४ जना उपाचार पछी निको भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर