Aamsanchar

झापामा ६ जना स्वास्थ्यकर्मी सहित थप ७२ जनामा कोरोना

Author Image
शुक्रवार, कार्तिक २१, २०७७

झापा: आज झापामा ६ जना स्वास्थ्यकर्मी सहित थप ७२ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमित हुनेमा आज सबै भन्दा बढी दमकका रहेका छन् । दमकमा २ स्वास्थ्यकर्मी सहित २३ जनामा संक्रमण पुस्टि भएको छ । संक्रमित मध्ये १२ पुरुष र ११ महिला छन् । बिर्तामोडमा १४ महिला र ५ पुरुष गरि १९ जनामा संक्रमण पुस्टि भएको छ , जस्मा ३ जना स्वास्थ्यकर्मी छन् । भद्रपुरमा ८ पुरुष र ३ महिला गरी ११ जना संक्रमित थपिएका छन् , १ जना भरतबाट आएका र २ जनाको ठेगाना इलाम र तेह्रथुम रहेको छ ।

मेचिनगरमा २ पुरुष १ महिलामा संक्रमण पुस्टि भएको छ त्यसमध्ये १ जना स्वास्थ्यकर्मी रहेका छन् । अर्जुनधारामा ३ पुरुष र २ महिला गरी ५ जना , शिवसताक्षीमा २ पुरुष र १ महिला गरी ३ जना , कन्काईमा ३ पुरुषमा कोरोना पुस्टि भएको छ । कन्काईमा संक्रमण पुस्टि भएको १ जना ईलाम ठेगाना भएको हुन् । हल्दिवारीमा २ पुरुष, शिवसताक्षीमा १ महिला र २ पुरुष गरि ३ जना र गौरादहमा १ महिला साथै कमलमा १ पुरुषमा कोरोना संक्रमण पुस्टि भएको हो । यस्तै ठेगाना थाहा नभएका थप १ जनामा आज कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर