Aamsanchar

झापामा कोरोना संक्रमित २५ वर्षीया स्वास्थ्यकर्मी युवतीको मृत्यु

Author Image
शनिवार, कार्तिक २२, २०७७

झापा – शिवसताक्षीमा कोरोना संक्रमित एकजना स्वास्थ्यकर्मी युवतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर-६ कि २५ वर्षीया युवतीको विराटनगरको नोबेल अस्पतालमा शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

युवतीलाई रुघाखोकी, ज्वरो लगायतका समस्या बढ्दै गएपछि थप उपचारका लागि एक हप्ता अघि नोबेल अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा लगेर कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले बताएको छ । मृतक दुधे स्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने युवती हुन । शिवसताक्षी नगरपालिकामा यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर