झापा – झापामा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी वडा.नम्बर ६ की २३ बर्षीया महिला,दमक ८ कि ४२ बर्षीया महिला, बिर्तामोड ४ की ४० बर्षीया महिला र ८५ बर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यस्तै आज थप ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । २३ महिला र ५२ पुरुष गरी ७५ जना संक्रमित झापामा थपिएका हुन् । संक्रमितहरुमा दमकका २७ जना, बिर्तामोडका १४ जना, भद्रपुरका १३ जना, कमलका ६ जना,कनकाइका ५, मेचिनगरका ३ जना, शिवसताक्षी र बुद्धशान्तिका २-२ जना र गौरादह, अर्जुनधारा र बाह्रदशीका १-१ जना रहेका स्वास्थ्य कार्यालय झापाको कोरोना फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 206