Aamsanchar

कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको संख्या ६४ पुग्यो, आज ७६ जना संक्रमित थपिए

Author Image
आइतवार, कार्तिक २३, २०७७

झापा- कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । गत २४ घण्टामा अर्जुनधारा,भद्रपुर र दमकमा गरि ३ जना संक्रमितको ज्यान गएसंगै संक्रमणका कारण ज्यान जानेको संख्या ६४ पुगेको हो । गत २४ घण्टामा अर्जुनधारा- ६ की ८१ बर्षीया महिला, भद्रपुर- ५ का ६२ बर्षीया पुरुष र दमक- ६ का ८३ बर्षीय पुरुष को मृत्युभएको स्वास्थ्य कार्यालय झापाले पुस्टि गरेको छ ।

यस्तै आज झापामा २८ महिला र ४८ पुरुष गरि ७६ जना संक्रमित थपिएका छन् । आज संक्रमण पुस्टि हुनेमा गौरादह र कमलकमा १५-१५ जना, दमकमा १३ जना, बिर्तामोडमा ७ जना, शिवसताक्षी र मेचिनगरमा ३-३ जना, गौरिगन्जमा २ जना ,अर्जुनधारा र कचनकवलमा १-१ जना र पालिका खुल्न नसकेका अन्य १३ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ३० हजार ९ सय १७ जनाको स्वाब संकलन गरिएकोमा हाल सम्म झापामा २ हजार ५ सय ८९ संक्रमित फेलापरेका छन् भने १ हजार ५ सय ८८ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा ९ सय ३७ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीबन चौलागाईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर