Aamsanchar

झापाका नेकपा नेता भट्टराई सिकिस्त, एयर एम्वुलेन्समार्फत काठमाडौं लगियो

Author Image
आइतवार, कार्तिक २३, २०७७

चारपाने । साविक अर्जुनधारा गाउँविकास समितिका अध्यक्ष, नेकपा झापाका नेता कुन्दन भट्टराईलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए उनी । अचानक स्वास्थ्यमा समस्या बढेपछि थप उपचारको लागि एयर एम्वुलेन्समार्फत  आजै काठमाडौँ लगिएको हो ।

झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ निवासी नेता भट्टराई फोक्सोमा समस्या आएपछि केही दिनदेखि नियमित उपचारमा थिए ।

Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर