बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा दुई जना कोरोना संक्रमितको ज्यान जानुका साथै ६० जना संक्रमित थपिएका छन् ।
थपिएकामध्ये २४ जना महिला र ३६ जना पुरुष रहेका छन् ।आज थपिएका संक्रमितहरु जिल्लाका १२ वटा पालिकाका रहेका छन् । त्यस्तै, पालिका नखुलेकाबाट ९ जना संक्रमित भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज सबैभन्दा बढी दमकका १८ जना रहेका छन् ।दमकमा ९ महिला र ९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
दमकपछि बिर्तामोडमा ६ महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।यसैगरी, गौरादहमा १ महिला, १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुर, कमल र गौरीगञ्जमा १(१ महिला, अर्जुनधारामा १ महिला र १ पुरुष, कचनकवलमा १ महिला र २ पुरुष, बुद्धशान्तिमा २ पुरुष, शिवसताक्षीमा १ पुरुष, कनकाईमा २ महिला र २ पुरुष तथा पालिका नखुलेका स्थानबाट १ महिला र ८ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज दुई व्यक्तिको कोरोना संक्रमणबाट निधन भएको छ । निधन भएका दुवै पुरुष हुन् । बिर्तामोड ४ का ९२ वर्षीय बृद्धको होम आइशोलेसनमा बसेको बेला मृत्यु भएको हो भने दमक १ का ४२ वर्षीय पुरुषको विराट अस्पतालमा निधन भएको हो ।यो सँगै झापा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । हालसम्म झापामा २ हजार ६४९ जना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ हजार ६१३ जना निको भएर घर फर्किएका छन् । अहिले संक्रिय संक्रमितको संख्या ९७० रहेको छ ।