भरतपुर । भरतपुर महानगरपालिकाले शिक्षामा आकर्षित गर्न छात्रालाई साइकल उपहारको अभियान थालिएको छ।
महानगरपालिकाले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न भरतपुर महानगरपालिकाले ‘छात्राहरुसँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको हो।
टाढा टाढा बाट विद्यालय अउउनु पर्ने बाध्यतामा रहेका कतिपय समयमा विद्यालय पुग्न सक्थेनन् भने कतिपयले अतिरिक्त कक्षा लिन पाएका थिएनन्।
विद्यालय टाढा भएको झन्झटले कतिपयले विद्यालय छोडेका छन्। पढाइ छाड्ने समस्या बढेपछि विद्यालयमा उनीहरूले निरन्तर दिऊन् भनेर साइकल दिइएको हो। अभिभावकले साइकल किन्न सक्ने अवस्था नभएपछि महानगरले त्यस्ता विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम अघि सारेको हो।
छात्रालाई नियमित विद्यालय आउन उत्पे्ररित गर्न साइकल वितरण योजना ल्याएको महानगर प्रमुख रेनु दाहालले बताइन्। ‘
पढाइ राम्रो तर आर्थिक अवस्थाले, घरायसी समस्याले पढाइ छोड्ने समस्या देखियो’ दाहालले भनिन्, ‘ विद्यालय टिकाउन महानगरले पठनपाठनमा निरन्तरता होस् भनेर यो कार्यक्रम गरेका हौं।’ भरतपुर महानगरपालिकाले अहिलेसम्म २ सय ९७साइकल वितरण गरिसकेको छ। १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना छ।