Aamsanchar

चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जना पक्राउ

Author Image
बुधवार, कार्तिक २६, २०७७

दाङ दाङमा प्रहरीले चितुवाको छाला र लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

चितुवाको छाला र अफिमको कारोबार भइराखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका १२ का २६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका ५ का २७ वर्षीय धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तीन किलो सात सय ५० ग्राम(अफिम)र पुच्छरसहितको ६ फिट ११ इन्च लम्बाइको चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर