Aamsanchar

करिब ३ साता लामो रस्साकसीपछि नेकपा सचिवालय बैठक बस्दै

Author Image
शुक्रवार, कार्तिक २८, २०७७

सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र करिब ३ साता लामो आन्तरिक विवाद र रस्साकसीपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैजनाको सहमतिमा सचिवालय बैठक आज बस्न लागेको हो ।  बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकको ठोस एजेण्डा भने तय भईनसकेको नेकपा उच्च श्रोतले जनाएको छ । यद्यपी आजको बैठकमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषय, स्थायी कमिटी निर्णयविपरित मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद, भारतीय गुप्तचर रअका प्रमुखको नेपाल भ्रमण, कोभिड–१९ को अवस्था, संघीयताको मुद्दालगायतका बिषय उठाउने तयारी गरेका छन् । ओली समूह भने सरकारविरुद्ध घेराबन्दी भएको भन्दै त्यसको प्रतिवादमा उत्रने तयारीमा छ ।

यसअघि हिजो दुवै समूहले आफु निकट नेताहरुसँग छलफल गरेका थिए । दुवै समूहले एक अर्का विरुद्ध दबाब बनाउन चालेका कदम, शीर्ष तहमा उत्पन्न अविश्वास र उनीहरुले दिएका अभिव्यक्तिले आजको बैठक सहज भने नहुने निश्चत छ । 

भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले दुई अध्यक्षको कार्यविभाजन सहित १६ बुँदे प्रस्ताव पारित गरेको थियो । प्रस्तावको कार्यान्वयनमा कुनै प्रगति छैन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर