Aamsanchar

झापामा थप १३२ जनामा कोरोना पुष्टि, दमकमा सबैभन्दा धेरै

Author Image
शनिवार, कार्तिक २९, २०७७

दमक । आज झापाको दमकमा हाल सम्मकै धेरैजनामा कोरोना संक्रमण भेटिएको छ । दमक नगरपालिकाका ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

दमकको यो ठुलो संख्या सहित झापा जिल्लामा १३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेका छन् । दमकमा ३१ महिला र ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, कनकाईमा ६ महिला र १२ जना पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ ।झापा गाउँपालिकामा २ महिला र ९ पुरुष, बिर्तामोडमा ५ महिला, ४ पुरुष, भद्रपुरमा ३ महिला, ३ पुरुष, मेचीनगरमा १ महिला, २ पुरुष, कमलका २ महिला, हल्दिबारीमा १ महिला र १ पुरुष, गौरीगञ्ज, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा १–१ पुरुष तथा अर्जुनधारा र शिवसताक्षीमा १–१ महिलामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज गौरादह ४ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा निधन भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर