Aamsanchar

बिर्तामोडमा भएको मोटरसाइकल दुर्घटनामा २ को मृत्यु, २ घाइते

Author Image
बुधवार, मंसिर ३, २०७७

बिर्तामोड — झापाको बिर्तामोडमा बुधबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।बिर्तामोड नगरपालिका-६ गिरीबन्धु चिया बगानस्थित पूर्वपश्चिम लोकमार्गमा बिहान ११ : ४० बजे दुई वटा मोटरसाइकल आपसमा ठोक्किएका थिए । आपसमा ठोक्किएर अनियन्त्रित भएको एउटा मोटरसाइकललाई ट्रक र स्कारपियोले समेत ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

पूर्वतर्फ जाँदै गरेको मे २ प ४८४७ र पश्चिमतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल आपसमा ठोक्किएका थिए । ठोक्किएर अनियन्त्रित भएको ४८४७ नम्बरको मोटरसाइकललाई पछाडिबाट आउँदै गरेको ना ६ ख ३३५० र को १ च ९३१७ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । दुर्घटनामा परी उक्त मोटरसाइकलका चालक बुद्धशान्ति गाउँपालिका-३ का २४ वर्षीय कुशल लिम्बू र पछाडी सवार ११ वर्षीय दिप्सन कँडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ४८४७ नम्बरको मोटरसाइकल पछाडि सवार मृतक बालक कँडेलकी आमा ३९ वर्षीया सावित्रा र अनटेष्ट मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका-११ का २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । कँडेल आमा–छोरा लिफ्ट मागेर लिम्बूको मोटरसाइकलमा चढेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर