Aamsanchar

झापामा थप २ जना कोरोना संक्रमितको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुग्यो, पछिल्लो २४ घण्टाभित्र ७५ जनामा कोरोना संक्रमण पुष्टि

Author Image
बिहिवार, मंसिर ४, २०७७

झापा- झापामा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै झापामा संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ ।आज दमक ९ का ७० बर्षिय पुरुषको दमक कोभिड अस्पतालमा र झापा ७ का ७२ बर्षीय पुरुषको होम आईसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टाभित्र ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५ महिला र ४० जना पुरुष रहेका छन् । सबैभन्दा बढी दमक नगरपालिकामा २० जना संक्रमित का छन् । दमकमा १० महिला र १० पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, बिर्तामोडमा ११ जना थपिएका छन् । ५ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, भद्रपुर र मेचीनगरमा ७–७ जनामा संक्रमण पुस्टि भएको छ । भद्रपुरका ३ महिला र ४ पुरुष तथा मेचीनगरका २ महिला र ५ पुरुषमा संक्रमण भएको हो । यसैगरी, झापा गाउँपालिकामा ४ महिला र २ पुरुष, अर्जुनधारामा १ महिला र ४ पुरुष, गौरादहमा १ महिला र ३ पुरुष, कमलमा ३ महिला र १ पुरुष, कनकाईमा २ महिला र २ पुरुष, हल्दिबारीमा ३ महिला, शिवसताक्षीमा १ महिला, १ पुरुष, र बुद्धशान्ति र गौरीगञ्जमा १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । हालसम्म झापामा कुल संक्रमितको संख्या ३ हजार १६८ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ९८५ रहेको छ । यस्तै, आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या १ हजार ९५ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर