Aamsanchar

श्रीमती हत्या गर्ने झापाका भीम भण्डारी जेल चलान

Author Image
बिहिवार, मंसिर ४, २०७७

झापा- श्रीमतीलाई हत्या गर्ने झापा गौरादहका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ । झापा जिल्ला अदालतको आदेशमा उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो ।घट्नास्थलको अनुसन्धान, बि.पि.के.आई. एच. एस. धरान सुनसरीबाट प्राप्त पोष्टमार्टमको रिपोर्टमा उल्लेख भएको मृत्युको समय बिश्लेषणबाट उनलाई असोज १५ गते प्रहरीले पक्राउ गरेको थियो । भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा मृत शव फेलापरेको थियो ।

हत्या भएको तीन दिनपछि प्रहरीले घरबाटै मनमायाका श्रीमान् भण्डारीलाई नियन्त्रणमा लिएको थियो । गौरादह १ मा घरमै रहेका वेला मनमायाको बिभत्स अवस्थामा शव फेलापरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर