Aamsanchar

गाई काटेको आरोपमा झापाको दमकबाट चार जना पक्राउ

Author Image
शनिवार, मंसिर ६, २०७७

झापा-झापामा गाई काटेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर उनीहरूको साथबाट १० किलो गाईको मासु फेला पारेको हो। उनीहरूले गाईको बाछो काटेर घरमा मासु लुकाइरहेका थिए। यता, पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। उनीहरूलाई गौहत्या गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर