Aamsanchar

पेप्सी मम मेला तथा म्युजिक फेस्टिबल सुरु

Author Image
शुक्रवार, असोज १४, २०७३

पोखरा ।

पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि पेप्सी मम मेला तथा अल्ट्रा म्युजिक फेस्टिबल सुरु भएको छ ।

आर इभेन्ट्रस ट्रेनर नेपालको आयोजनामा भएको सो पेप्सी मम मेलामा करिब २० थरीका मःम बनाएर बिक्री गरिने संस्थाका कार्यक्रम संयोजक रविन गुरुङले जानकारी दिनुभयो ।

दर्शकले रु ७० को टिकट काटेपछि एक बोतल पेप्सी फ्रि पाउनेछन् । साथै दिउँसो कलाकारबाट लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य र साँझ अल्ट्रा म्युजिक कार्यक्रम आयोजना गरिने कार्यक्रम छ ।

मेलाको दृष्टिविहीन गोविन्दप्रसाद सुवेदी र शारीरिक अशक्त लक्ष्मी सुनारले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर