झापा- झापामा आज थप २८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । १० ओटा पालिकाका १४ पुरुष र १४ महिला गरी २८ जनामा संक्रमण पुस्टि भएको हो । सबै भन्दा बढी भद«पुर नगरपालिकामा ४ पुरुष र २ महिला सहित ६ जनामा संक्रमण देखियो । दमक नगरपालिकामा २ महिलासहित ४ जना, मेचीनगर नगरपालिकामा ३ महिलासहित ५ जना, बिर्तामोड नगरपालिकामा ४ जना महिला, अर्जुनधारा नगरपालिकामा १ जना पुरुष, कनकाई नगरपालिकामा २ जना पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
यसैगरी, शिवसताक्षी नगरपालिकामा २ जना महिला, गौरादह नगरपालिकामा १ जना पुरुष, झापा गाउँपालिकामा १ महिलासहित २ जना र बुद्वशान्ति गाउँपालिकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।
झापामा हालसम्म ३२ हजार १८८ स्वाब संकलन गरिएका मध्ये ४ हजार २१० जना संक्रमित छन् । जिल्लामा हालसम्म ११७ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार १३३ र निको भएर घर फर्किएका २ हजार ९६० रहेको चौलागाईले बताए ।