Aamsanchar

बिरामी भएर झापाको बीएण्डसी अस्पतालको आईसीयूमा उपचाररत राप्रपा नेता लिङ्देनलाई काठमाडौं लगिंदै

Author Image
बिहिवार, मंसिर २५, २०७७

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देन बिरामी परेका छन् । गृह जिल्ला झापाको बीएण्डसी अस्पतालको आईसीयूमा उपचाररत उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं लगिदैछ । श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिहान बिर्तामोडको विएण्डसी अस्पताल भर्ना भएका लिङ्देनलाई निमोनिया भएको पाइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि लिङ्देनले तीन दिन बिर्तामोडको कञ्चनजंगा अस्पतालमा उपचार गराएका थिए । त्यसपछि बिहीबार विहान बीएण्डसीमा सारिएको हो । उनलाई हाल अक्सिजन दिएर राखिएको गिरीले बताए । बुधबार गरिएको परीक्षणमा उनमा कारोना रिपोर्ट नेगेटिभ आएको छ । तर, सबै लक्षण कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएकाले बिहीबार पुनः उनको स्वाब लिइएको छ । लिङ्देनका स्वकीय सचिव छत्र कडायतले लिङ्देनलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिने बताए । ‘थप उपचारका लागि मेडिसिटी अस्पतालमा लादैछौं’, उनले भने । झापामा राजतन्त्रको पक्षमा भएको आन्दोलनमा मंसिर २० गते सहभागी भएका लिंदेनलाई मंसिर २२ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)