Aamsanchar

गर्भपतन गराएको आरोपमा इन्सपेक्टर पक्राउ

Author Image
शुक्रवार, पौष ३, २०७७

म्याग्दी –श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा म्याग्दीबाट सरुवा भई कास्कीमा गएका नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत इन्सपेक्टर ध्रुव शर्मा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले बेनी बजारकै एक युवतीसँग प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ। विवाह गरेको केही दिनपछि इन्सपेक्टर शर्माले पर्वतकै एक क्लिनिकमा जबरजस्ती श्रीमतीको गर्भपतन गराएका थिए।

सोही आरोपमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा जाहेरी दिएकी थिइन्। पीडित युवतीको जाहेरी परेपछि इन्सपेक्टर शर्मा आफैं जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित भएका थिए।घटनास्थल पवर्तको कुस्माबजार भएकाले शर्मालाई पर्वत पठाइएको छ। शर्मामाथि जिल्ला अदालत पर्वतबाट १० दिनको म्याद थप भएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 363

प्रतिक्रिया (०)

सम्बन्धित खबर