Aamsanchar

बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

Author Image
सोमवार, असोज १७, २०७३

पोखरा ।bus

काठमार्डाैँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते यात्रुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बगरका प्रहरी नायब निरीक्षक शिवबहादुुर खत्रीले जानकारी दिनुभयो ।

एउटा बसले अर्को बसलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई सडकको किनारमा पल्टिएको थियो र बसका चालक कृष्णबहादुर बूढालाई नियन्त्रणमा लिएको छ ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर