धनगढी ।

धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ ।

स्थानीय २४ वर्षीय प्रेम भट्टलाई कटुवा पेस्तोल र आठ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक जनाएको छ ।

निज भट्टसँग हातहतियार रहेको भन्ने सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा निजको खेतको आलीबाट उक्त हातहतियार बरामद गरेको जनाइएको छ ।

निजलाई हिरासतमा राखी आवश्यक कारबाही भइरहेको जनाइएको छ ।
Views: 147

