Aamsanchar

अन्तर्राष्ट्रिय विषयमा साझा दृष्टिकोण हुनुपर्छःनेम्वाङ

Author Image
सोमवार, असोज १७, २०७३

सुरुङ्गा (झापा) ।

subash

पूर्वसभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय विषयमा नेपालको दृष्टिकोण साझा हुनुपर्ने बताउनुभएको छ ।  बिर्तामोडमा युवा सङ्घ नेपाल झापा र नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले मुलुकमा कुनै पनि समस्या देखापरे आपसी छलफल, संवाद र सहमतिबाट टुङ्ग्याउनुपर्छ भन्नुभयो ।

उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई खेलाँचीका रुपमा हेर्न नहुने बताउँदै वर्तमान सरकारको व्यवहारले अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै फाइदा नपुग्ने विचार व्यक्त गर्नुभयो ।
चैतभित्र स्थानीय निकाय निर्वाचन नहुने
एमालेका नेता अग्निप्रसाद खरेलले आगामी चैतभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्न नसकिने बताउनुभएको छ ।

दमकमा नेकपा (एमाले) दमक नगरकमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वकानुनमन्त्री खरेलले आवश्यक विधेयक संसद्मा पेस नभएका कारण चुनाव सम्भव नभएको भनाइ राख्नुभयो । संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य चुनौती भएको बताउँदै उहाँले संविधानअनुसार स्थानीय तहको पुनःसंरचना गर्नुपर्ने धारणा राख्नुभयो ।

संविधानले स्थानीय तहलाई पूर्ण रुपमा अधिकार प्रदान गरेको बताउँदै उहाँले भन्नुभयो, “स्थानीय पुनःसंरचना निर्धारण आयोगको प्रतिवेदनअनुसार नै स्थानीय तहको पुनःसंरचनालाई अघि बढाउनुपर्ने हुन्छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)