बिर्तामोड । युनाइटेड रिभरसाइड युवा फाउन्डेसनको अध्यक्षमा ओमबहादुर खड्का चयन भएका छन् । झापाको बिर्तामोडमा केन्द्रिय कार्यलय स्थापना गरि एक दशक बाट संचालित फाउन्डेसनले लागू औसत दुर्ब्यसनी विरुद्धको अभियान,युवा सचेतना लगाएतका काम गर्दै आएको छ ।सोही सस्थाको अध्यक्षमा बिर्तामोड नगरपालिका का स्वास्थ फोकल प्रसन ओम खड्का सर्वसम्मत निर्वाचित भएका हुन ।
संस्थाको सोमबार कनकाईस्थित जामुनखाडी सिमसारमा भएको चौथो अधिवेशनले सर्वसम्मत रुपमा खड्कालाई अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा भगीरथ पौडेल, उपाध्यक्षमा प्र्रदिप खरेल, महिला उपाध्यक्षमा तारा कार्की, महासचिवमा रेवती खनाल, सचिवमा राज कुमार ओली र कोषाध्यक्षमा उमेश खरेल चयन भएका छन् ।
समितिको सदस्यहरुमा गणेश पाठक, रमेश प्रसाईं, रविन्द्र राउत र रमेश धनन्जय रिजाल चयन भएका छन् । समितिले आगामी दिनमा बिर्तामोड लगाएत दमक,मेचिनगर, कन्काइ ,भद्रपुर लगाएतका क्षेत्रमा सामाजिक तथा सिर्जनात्मक गतिविधि गर्ने योजना बनाएको छ ।
यसअघि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले संस्थाले गरेको कामको प्रशंसा गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डे, शाखा अधिकृत देवराज कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, शिक्षासेवी उत्तम खनाल, समाजसेवी जितेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका सन्चारकर्मी हिमाल खरेलले जानकारी दिए ।सस्थाका अध्यक्ष सन्चिव चापागाईंको अध्यक्षतामा आयोजना भएको अधिबेशनमा सस्थाको नाममा बनेको भवनलाइ प्राथमिकता दिदै,बाकी पास गर्न रहेको जमिनलाइ दाताहरु धर्म खद्का,सारदा थपलिया एवम बिर्तामोडका नगर प्रमुख सगं सहजीकरण गरि अघि बड्ने निर्णय गरिएको छ।।