Aamsanchar

काठमाण्डौमा २०७२ सालको भूकम्पको परकम्प

Author Image
सोमवार, पौष २७, २०७७

काठमाण्डौ – काठमाण्डौमा भूकम्पको परकम्प गएको छ । काठमाण्डौको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस गरिएको थियो ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर