झापा-जाडोमा खाइने परिकार भाक्काको संस्थागत बिकासको बिषयमा आज एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्दृय समितिको आयोजनामा आयोजित अन्तरकृया कार्यक्रममा झापाली संचारकर्मीहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
भाक्का राजबंशी समुदायमा प्रचलिक खाजाको परिकार हो । यसलाइ दिवसको रुपमा मात्र नभएर आय आर्जनको माध्यमको रुपमा अगाडि बढाउन समेत कार्यक्रममा आग्रह गरिएको थियो । बाबू बाजेको पालादेखी नै सुरु भएको भाक्का पहिले ढाकिमा राखेर बेच्ने चलन भए पनि अहिले त्यो चलन हराएको प्रती इङ्गित गर्दै यसको बिकासकालागी खोज अनुसन्धान हुनु जरुरी रहेको सहभागिले बताउनुभएको थियो ।
भक्काको बारेमा देसभरका आगामी पुस्तालाइ जानकारी गराउन जरुरी रहेको बताउदै कार्यक्रममा भक्काको ब्यापारमा सरसफाइ, ब्राण्ड, डेलिभरी, तातो बनाइराख्न हटकेस, दिवसको बारेमा पात्रोमार्फत जानकारी र यो पहिचान जोगाइराख्नेलाइ सम्मान लगायतमा पहल गरिनुपर्ने सुझाब समेत आएको थियो । यो सँगै गत पुस २९ गते मनाइएको भक्का दिवसमा बनाइएका भक्का र माछाको स्वाद अन्यठाउको भन्दा फरक र स्वादिलो भएकोले बनाउने तरिकाको बिषयमा सबैलाइ ग्यान दिन समेत आग्रह गरिएको थियो ।
तापलेजुङ्गमा जादा सुकुटी, धनकुटामा धनकुटे बिस्कुट र झापामा भक्का पाइएन भने खल्लो महसुस हुने बताउदै संचारकर्मिहरुले थकाली किचनको जस्तै राजबंशी किचनको बिकास गर्न सुझाब सहभागिहरुले दिएका थिए । बर्षको १२ महिना नै मुख्य सहरमा भक्का किन्न पाउने ब्यवस्था मिलाउने बिषयमा समेत चर्चा भएको थियो । कार्यक्रम कोचिला गाभुर फ्रन्टका केन्दृय अध्यक्ष अभय राजबंशीको अध्यक्षता तथा संचारकर्मी अर्जुन राजबंशिको संचालनमा सम्पन्न भएको थियो ।