विर्तामोड । प्रदेश १ सरकारले सडकमा आश्रित मानहरुलाई संरक्षण गर्ने कार्यक्रम अन्तरगत सडकमा जीवन विताउदै आएका नागरिकलाई मानव सेवा आश्रम लगायतका विभिन्न सेवामुलक संस्थाहरु संगको समनवयनमा झापाका विभिन्न स्थानबाट सडक नागरिकहरुलाई विराटनगर हेटौडा लयातका स्थानमा पुर्याएर उचित संरक्षण दिईरहेको छ । अझै पनि कतै कतै सडकमा वेसाहारा जीवन बिताएदै गरेका मानिसहरु फेला परिरहेका छन् ।
आज विर्तामोड १ मा एक दम्पती र गरामनीमा एकजानालाई विर्तामोड नगरपालिकाले उद्धार गरेर विराटनगर पठाएको विर्तामोड नगरका प्रवक्ता वडा नम्बर १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
करिव नौ वर्षदेखि सञ्चालित मानव सेवा आश्रमले सहयोगापेक्षी सडक मानव (असाहाय, अशक्त, बेसाहार) हरुको उद्दार तथा संरक्षण गर्दै आएको छ।
मानव सेवा आश्रमको सक्रियतामा हालसम्म १४ वटा जिल्लामा १७ वटा केन्द्रहरु सञ्चालनमा आएका छन्। त्यस्तै उक्त केन्द्रहरुमा हाल १२ सय भन्दा बढीले सेवा पाइरहेका छन् । ७०० जनाको पारिवारिक मिलन गराउन सफल यस संस्थाले २५० जनालाई अल्पकालिक सेवा दिइसकेको छ ।