बिर्तामोड । वीरता लेडी जेसीजले १७ औं स्थापना दिवसको अवसमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
स्थापना दिवसको अवसर पारेर बिर्तामोड–४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रममा रहेका मातापितालाई खाना खुवाउनुका साथै नगद सहयोग गरिएको अध्यक्ष स्वस्तिका आर्चायले जानकारी दिइन् ।
बिर्तामोड–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्वराष्ट्रिय कार्यकारिणी उपाधक्ष्य संगिता पौडेल, जेसिज पूर्वअध्यक्ष समाज झापा अध्यक्ष बिनोद बस्नेत, नारी संचार गृह झापा अध्यक्ष भिमा शिवाकोटी, सस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना रोखका थिए ।
कार्यक्रममा जेसिज मीसन भिजन,नेपाल जेसीज र शाखाको प्रकरण युनिता दवाडीले, कार्यक्रममा आस्था बाचन मुना चुडाल, स्वागत कोषाध्यक्ष झुमा चूडालले गरेको कार्यक्रमको सञ्चालन महासचिव हीमा पौडेलले गरेकी थिईन ।