इटहरी । इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।
तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो ।
त्यहाँ भित्रि वाटोहरु,चिल्डे«न पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ समेत वनाइएको छ । उपमहानगर प्रमुख द्धारिकलाल चौधरी इटहरी उपमहानगरमा विपन्न जनताको हीतमा गम्भिर रहेको बताएका छन् । जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको चौधरीले बिचार व्यक्त गरे ।
वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिईन् । उनले भनिन सो ठाँउमा ५० घर रहेको र नमूना वस्ति निर्माण गरिने योजना छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 246