Aamsanchar

प्रतिबन्धित भारतीय ओरियन्स कम्पनीका ३ करोडभन्दा बढी मुल्यको सामग्रीसहित झापाबाट १ जना पक्राउ

Author Image
मङ्गलवार, माघ १३, २०७७

झापा । प्रतिबन्धित भारतीय ओरियन्स कम्पनीको खाद्यान्न परिपूरक सामग्री तस्करीको माध्यमबाट नेपाल भित्राउने गहिरो सक्रिय रहेको पाइएको छ । यसअघि भारतीय गिरोहले नेटवर्किङको व्ययवासीमार्फत नेपाली युवायुवतीलाई जालमा फसाएर प्रतिबन्धित भारतीय ओरियन्स कम्पनीका विभिन्न प्रकार खाद्यान्न परिपूरक सामग्री नेपाल भित्राउँदै आएका थिए ।

कोरोना महामारीपछि सरकारले सीमा नाका बन्द गरेपछि अहिले तस्करीको माध्यमबाट ओरियन्स कम्पनीका खाद्यान्न परिपूरक सामग्रीहरू भित्राइरहेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएका संयुक्त प्रहरी टोलीले ३ करोड २९ लाख ६७ हजार २५० मूल्य बराबरको ओरियन्स कम्पनीका खाद्यान्न परिपूरक सामग्री गरेसँगै यस्तो खुलासा भएको हो । प्रहरीले बिल सहितको ८७ लाख रुपैयाँ र बिल बिनाको २ करोड ४२ लाख ४० हजार ७३० मूल्य बराबरको सामग्री बरामद गरी मङ्गलवार दिउँसो इलाका प्रहरी कार्यालय दमक परिसरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

दमक नगरपालिका ६ स्थित पदम गुरुङको घर भाडामा लिई लुकाई छिपाई राखिएका विभिन्न प्रकार खाद्यान्न परिपूरक सामग्रीसहित कम्पनीका सञ्चालक मध्येका जितेन्द्र साहलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । साहले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिवाट केही परिमाणको सामग्री खरिद गरी ल्याएको देखिन्छ ।

‘कार्टुनमा प्याके गरी राखिएका २२ प्रकारका सामग्रीको बिल नभेटिएको, जसको मूल्य ८७ लाख २६ लाख ५२० रुपैयाँ उल्लेख गरिएको छ,’ एसपी भट्टराईले भने, ‘अन्य १२ प्रकारका सामग्री बिल छैन, ती सामग्रीहरू अवैध रुपमा भारतबाट भित्राइएको अनुसन्धानबाट खुलेको छ ।’

बरामद सामग्री राजश्व अनुसन्धान विभाग इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनका अनुसार बरामद गरिएका खाद्यान्न परिपूरक सामग्रीहरू शरीरलाई चाहिने केल्सियम, भिटामिन बढाउने किसिमका हुन् । यी सामग्रीहरू औषधि होइनन् । यसअघि प्रहरीले बरामद गर्दै आएको ओरियन्स कम्पनीका आर्येवेदिक औषधिहरू भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर