Aamsanchar

झापामा चार जना चालकलाई अभद्र व्यवहार कसुर मुद्धा

Author Image
शुक्रवार, माघ १६, २०७७

चारआली । पछिल्लो सयमयता झापामा दुर्घटनाका घटनाहरु बढन थालेको छ । कोरोना भाईरस फैलिन सक्ने सम्मभावनालाई मध्यनजर गरेर प्रहरीले केही महिना मापासे चेक गर्न छोडेको थियो । यसै  अबस्थामा अत्याधिक चिसो र हुस्सुका कारण सडकमा मापासे चेक गर्न प्रहरीको उपस्थिती काम भएको मौका छोपेर अत्याधिक माधक पदार्थ सेवन गरेर सवारी चलाउने सवारी चालकलाई अभद्र व्यवहार कसुर मुद्धामा प्रहरीले कार्वाही सुरु गरेको छ ।

तिब्र गतिमा सवारी चलाउने, यात्राका क्रममा यात्रुहरु समेतलाई दुर्व्यवहार गर्ने गरेको भन्ने जनगुनासाहरु बढ्न थाले पश्वात उक्त गुनासाहरुलाई मध्यनजर राख्दै जिल्ला प्रहरी कार्यालाय झापाको सकृयतामा ईलाका प्रहरी कार्यालय धुलाबारीले हरेक लामो तथा छोटो दुरीको सवारी साधनलाई विषेश निग्रानी बढाउदै मापासे चेकिङलाई तिब्रता दिए संगै विभिन्न मितिमा चालकहरु कार्वाहीमा परेका हुन् ।

मेचीनगर–१३ स्थित चारआली सडक खण्डमा अत्याधिक माधक पदार्थ सेवन गरी तिव्र गतिमा सवारी चलाउने  मे १ ख २२१५ नं. को यात्रुबाहक बसका चालक मेचीनगर नगरपालिका- ६ काकरभिट्टाका धुब्र मगर, मे १ ख ३०१० नं. को टिप्पर चालक बुद्धशान्ती गाउँपालिका–७ बस्ने तारा बहादुर कामी,  मे १ ज २४३१ नं. को म्याक ट्याक्सी चलाक ईलाम नगरपालिका– ८ का रेश बहादुर कुँवर,  मे १ ख २००३ नं. को एम्बुलेन्स चालक र बुद्धशान्ती बस्ने तेज बहादुर बिकलाई झापा जिल्ला अदालत झापाबाट अनुमति लिई अभद्र व्यवहार कसुर मुद्धामा म्याद थप गरी कारवाहीको प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर