Aamsanchar

आज पनि दाहाल र नेपाललगायत शीर्ष नेताहरूको माइतीघरमा धर्ना

Author Image
आइतवार, माघ १८, २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम जारी राखेको नेकपाको प्रचण्ड – माधव समूहले आज पनि माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ। धर्नामा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायत शीर्ष नेताहरू सहभागी भएका छन्। यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’  भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।

यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको प्रचण्ड नेपाल समूहले तेस्रो चरणमा पनि काठमाडौं लगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ। अहिले दुबै समूह देशभर आमसभा गर्न व्यस्त छन्। सत्तारुढ समूह चुनाव लक्षित सभामा व्यस्त छ भने प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर