Aamsanchar

झापा : राति घरमा आगलागी हुँदा एक जनाको मृत्यु

Author Image
सोमवार, माघ १९, २०७७

झापा-झापाको कचनकबल गाउँपालिका–१ घेराबारीस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ । घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका छन् । भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र घेराबारी प्रहरी टोलीको सहयोगमा करिब २ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट राजवंशीका ३ वटा घर पूर्ण रुपमा जल्नुका साथै पशु चौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण र आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर