अर्जुनधारा। अर्जुनधारा जेसीजको ८ औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
अर्जुनधारा जेसीज सन् २०२० का अध्यक्ष भाष्कर भट्टराईको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन अर्जुनधारा जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा अर्जुनधारा जेसीजको ८ औं अधिवेशन तथा शाखा अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका सन् २०२१ का अध्यक्ष जीवन खनालको गलामा पहि¥याएर पद हस्तान्तरण गरिएको थियो ।
अर्जुनधारा जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत टिकाराम गौतमले सन् २०२१ का अध्यक्ष जीवन खनालसहित नवनिर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए ।
सन् २०२१ को अध्यक्षमा चयन भएसँगै अध्यक्ष खनालले महासचिवमा प्रेम खड्का, कानूनी सल्लाहकारमा रमेश नेपाल, कोषाध्यक्षमा भवानी बराललाई मनोनित गरेका थिए ।
कार्यक्रममा अर्जुनधारा जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत टिकाराम गौतमले सन् २०२१ का अध्यक्ष जीवन खनाललाई शपथ ग्रहण गराएका थिए भने सन् २०२१ का अध्यक्ष खनालले निर्वाचित तथा मनोनयन भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।
अर्जुनधार जेसीज सन् २०२० का अध्यक्ष भाष्कर भट्टराईको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजन साङपाङले स्वागत गरेका थिए ।
अर्जुनधार जेसीजकोे ८ औं अधिवेसन तथा शाखा अधिवेसनबाट अध्यक्षमा सन् २०२१को अध्यक्षमा जीवन खनाल निर्विरोध निर्वाचित भएका थिए भने कार्यकारीणी उपाध्यक्षमा बसन्त बुढाथोकी, भिमबहादुर कुवँर, उपाध्यक्षहरुमा सोना गेलाल, कृष्ण अग्रवाल, बरुण माझी, वेदनारायण गोदार, बालगोपाल गौतम निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी मनोनित पदमा सचिवमा दिनेश पनेरु, प्रकरण निर्देशकमा देवेन्द्र मैनाली, जनसम्पर्क अधिकारीमा बिमला भट्टराई, सहकोषध्यक्षमा निसा तामाङ लगायत विभिन्न पदमा दर्जन भन्दा धेरै संयोजकहरुलाई अध्यक्ष खनालले मानोनित गरेका छन् ।
कार्यक्रममा नेपाल जेसीज पूर्व राष्ट्रिय अध्यक्ष प्रकास अधिकारी, अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष ईन्दिवर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा भीमबाबु स्मृति पत्रकारिता पुरस्कार अर्जुनधारा प्रेस क्लबका अध्यक्ष तथा मेरो रेडियोका संचालक पत्रकार कुमार भट्टराई र राधाकृष्ण स्मृती उत्कृष्ट जेसी पुरस्कार दीपेश पनेरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको संचलन बर्ष २०२० का महासचिव बसन्त बुढाथोकी र २०२१ का महासचिव प्रेम खड्काले गरेका थिए ।