Aamsanchar

आफ्नै गाडीले किचेर झापामा बसका सहचालकको मृत्यु

Author Image
शुक्रवार, माघ २३, २०७७

काठमाडौँ — आफ्नै गाडीले किचेर झापामा शुक्रबार सहचालकको मृत्यु भएको छ । पश्चिमबाट आएको को१ख ६१६३ नम्बरको बसले किचेर सहचालक भोजपुर घर भई मोरङ बस्दै आएका २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको हो ।

मेचीनगर–६ स्थित काँकडभिट्टा बसपार्कमा बसको ढोकाबाट चिप्लिएर लडेपछि पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बससहित चालक मोरङका २८ वर्षीय सबिन धिमाललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर