Aamsanchar

उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ

Author Image
मङ्गलवार, माघ २७, २०७७

उदयपुर । उदयपुरमा ठूलो परिणाममा लागूऔषध सहित ५ जना पक्राउ परेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् । पक्राउ पर्ने ताप्ली गाउँपालिका ३ निगलबास निवासी हाल सिरहा धनगढीमाई नगरपालिका १० जिरोमाइल बस्ने ४१ वर्षिय सन्त बहादुर मगरलाई १ सय २१ केजी अवैध गाँजा र स १ च ८०४ नम्बरको बोलेर सहित पक्राउ परेको पत्रकार सम्मेलनमा एसपी भिमबहादुर दाहालले जानकारी दिए ।

कटारी नगरपालिका ८ सानो दमार स्थित सिद्धिचरण राजमार्ग अन्तर्गत बेतिनीबाट कटारी तर्फ अदुवा र बेसारसँगै लुकाई छिपाई ल्याउँदै गरेको १ सय २१ केजी गाँजा सहित पक्राउ परेको गहो ।

सिरहाको लहानबाट गाईघाट तर्फ आउँदै गरेको सार्वजनिक सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले जलजलेमा चेकजाँचको क्रममा लागूऔषध सहित ४ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १ बस्ने ३२ वर्षिय विदुर अधिकारी, त्रियुगा १४ बस्ने २६ वर्षिय कुमार मगर, त्रियुगा १३ बस्ने २५ वर्षिय सागर चौधरी र सुनसरी ईटहरी उपमहानगुरपालिका २ बस्ने २५ वर्षिय अभिषेक जैसवाल पक्राउ परेको छ ।

उनीहरुको साथबाट डाइजेपाम २१ एम्पुल, फेनार्गन २१ एम्पुल, लुजिजेसिपी २१ एम्पुल गरी ६३ एम्पुल र दुई वटा सिरिन्ज फेला परेको एसपी दाहालले पत्रकार सम्मेलनमा बताए ।

पक्राउ परेको पाँचै जनालाई म्याद थप गरि आवश्यक कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको करिव ७ महिनामा २ महिला सहित ६९ जना लागूऔषध ओसारपसार तथा सेवनमा पक्राउ परेको छ भने ३८ वटा मुद्धा दर्ता भएको छ ।

करिव ७ महिनामा फेरागन १८१ एम्पुल, लुजिजेसिक ९९ एम्पुल, डाइजेलाब २११ एम्पुल, नोरफिन ४८ एम्पुल र लेबल नभएको अन्य ४७ एम्पुल बरामद भएको छ । नाइट्रोभेट ५७९ गोटी, नाइट्रोशन ६७ गोटी, नाइट्रोजेपाम ४९ गोटी समेत ७ महिनामा प्रहरीले बरामद गरेको छ । गाँजा २३३ किलो र ४३ ग्राम ३६१ मिलीग्राम ब्राउन सुगर समेत बरामद गरेको प्रहरीले जनाएको छ । साभार : पूर्वेली न्युज

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर