Aamsanchar

विर्तामोड उद्योग बाणिज्य संघको चुनावमा भट्टराई र शिवाकोटी नेतृत्य प्यानल बीच कडा प्रतिस्पर्दा

Author Image
बिहिवार, फागुन ६, २०७७

विर्तामोड । यही फागुन १६ गते हुने निर्वाचनका लागि नेकपा र राप्रपाको संयुक्त तथा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धन गरी दुई प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ ।

अबको ९  दिनमा हुने निर्वाचनमा संयुक्त प्यानलबाट सुवास भट्टराई र लोकतान्त्रिक प्यानलबाट प्रकाश शिवाकोटी नेतृत्वबीच प्रतिस्पर्धा हुने भएको छ । सुवास नेकपा–राप्रपा गठबन्धन र प्रकाश कांग्रेस समर्थित अध्यक्षका उम्मेदवार हुन् ।

सुवासको गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, वाणिज्य सचिवमा धनबहादुर डाँगी, उद्योग सचिवमा कृष्ण पौडेल, कोषाध्यक्षमा दुर्गा थपलिया र सहकोषाध्यक्षमा रञ्जु प्याकुरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, खुला सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय शाह, सूर्यकुमार खतिवडा र गोविन्द कार्की तथा महिला सदस्यमा रुचि शिवाकोटी र सोनी अग्रवालको उम्मेदवारी रहेको छ ।

यसैबीच, लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई र महासचिव पदमा रविन्द्र भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्ष राधिका चुडाल छन् । महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल तथा खुला सदस्यमा विशाल थापा, सन्नी गोयल, दिपक मित्तल, बलराम सिटौला (राम), मनोज शाह रौनियार, पुकार बराल र विकास बस्नेतले उम्मेदावारी दिएका छन् ।

स्वतन्त्रबाट सदस्य पदका लागि विर्तामोडका चीरपरिचित औषधि व्यवसायी जीवन खड्काको उम्मेदवारी रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर