Aamsanchar

सवारीको ठक्करबाट झापामा दुईको मृत्यु

Author Image
शुक्रवार, असोज २८, २०७३

विर्तामोड ।

accident-sketch

झापाका भिन्न–भिन्नै स्थानमा गएराती भएको सवारी दुर्घटनामा एक महिला सहित दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाई नगरपालिकामा भारतीय नम्बर प्लेटले सवारीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व तर्फ आउदै गरेको भायतीय नम्बर प्लेटको डब्लु।बी ७६–३८७६ नम्बरको कारले ठक्कर दिदाँ कनकाई नगरपालिका–९ की ५० वर्षिया उदाबी राजवंशीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने सवारीलाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको जनाइएको छ । उता झापाको लखनपुरमा मोटरसाइकलको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ ।

गौरीगञ्ज–पाडाजँुगी सडक खण्ड अन्र्तगत लखनपुर–२ मा गयराती साढे ८ बजे मे ७ प ६४६५ नम्बरको मोटरसाइकलले ठक्कर दिदां सोही ठाँउका ५९ वर्षिय खड्ग केसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका केसीको दमकमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर