काठमाण्डौ – महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । केहीबेर अगाडि उहाँले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी दिनुभएको हो । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली खरेलसँग असन्तुष्ट हुनुुहुन्थ्यो ।
उहाँले आफूले बोलेका केही कुरा विवादास्पद भएको भन्दै आफूले गलत मनसायले नबोलेको प्रस्ट पार्नुभयो । रुकुम पश्चिम लगायतका कतिपय घटना वास्तविक रिपोर्टमा भएजस्तो मिडियामा नआएको र मिडियामा आएका सबै कुरा वास्तविक नभएको उहाँले बताउनुभयो । तीन वर्षको अवधिमा आफूले निक्कै महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ छ ।
३७ महिनामा ३९ वटा भवन उद्घाटन र ११ वटा शिलान्यास गरेको खरेलले जानकारी दिनुभयो । पूर्व कानुनमन्त्रीसमेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ सालमा महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।