Aamsanchar

कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ

Author Image
शनिवार, चैत ७, २०७७

वीरगन्ज – बारामा प्रहरीले कटुवा पेस्तोल र गोली सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको साविक डाम्ही मडई गाविस २ घर भएका ४० वर्षीय प्रमोदकुमार भुमिहार रहेका छन्।  कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड र दुई थान मोबाइल सहित भुमीहारलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ शान्तिटोल स्थित गजेन्द्र ठाकुरको सैलुनबाट भुमीहार हतियार सहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको संयुक्त प्रहरी टोलीले सैलुनमा शंकास्पद अवस्थामा बसिरहेका भूमीहारको शरिर खानतलाशी गर्दा पेस्तोल र गोली बरामद भएको हो। हतियार सहित पक्राउ परेका भुमीहारलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर