Aamsanchar

मोरङको बेलबारीमा पिपलको रुखमुनी बेवारिसे अवस्थामा शव फेला

Author Image
मङ्गलवार, चैत १७, २०७७

विराटनगर- मोरङको बेलबारी नगरपालिका–३ स्थित लोहोन्द्रा खोलानजिक बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ। पिपलको रुख मुनी म्याट ओछ्याएर र झोलाको सिरानी लगाएर सुतिरहेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

मृत भेटिएका पहाडे र आदिवासी जनजाति समुदायका जस्ता देखिने अन्दाजी ५५ वर्षीय पुरुषको पहिचान खुलेको छैन। आफन्त वा पारिवारिक नाता सम्बन्धका कोही पनि सम्पर्कमा नआएको डीएसपी राईले बताए।

बाटो हिँड्ने बटुवाले पिपलको रुखमुनि शव देखेपछि सोमबार दिउँसो ४:३० बजेतिर प्रहरीलाई खवर गरेका थिए। स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार मृतक केही समय अघिदेखि बेलबारी क्षेत्रमा मागी खाएर हिँड्थे। प्रहरीले बिरामी परेर वा शारीरिक रुपमा कमजोर भएका कारण सुतेकै ठाउँमा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ।

प्रहरीले घटनास्थलबाट उठाउँदै शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ। शव धरान लगेर इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको हो। ढकालका अनुसार मृतकको शरीरमा कुनै चोटपटक भने नरहेको र अनुसन्धानपछि घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर